नेदरल्यान्ड्सविरुद्ध नेपाल १०६ रनमै अलआउट

नेदरल्यान्ड्सविरुद्ध नेपाल १०६ रनमै अलआउट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले १०६ रनमै अलआउट भएको छ । खराव ब्याटिङबाट गुज्रिएको नेपालले नेदरल्यान्ड्सविरुद्ध १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अमेरिकाको टेक्सासस्थित ड्यालसमा टस हारेर ब्याटिङमा आएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए ।  भुर्तेल ७ रन तथा आसिफ शेख ४ रन बनाएर आउट भए । 

करन केसीले १७ तथा गुल्सन झाले १४ रनको योगदान दिए । अनिल शाहले १२ बलमा ११ रन जोडे । त्यस्तै कुशल मल्लले ९ बलमा ९ रन बनाएर आउट भए । नेदरल्यान्ड्सका लागि टिम प्रिंगल र लोगन भान विकले ३–३ विकेट लिए भने पाउल भान मेकरेन र बास डे लिडेले २–२ विकेट लिए ।

Recent Comments

No comments to show.