काठमाडौं । आइसल्याण्डले नेपालमा अवैतानिक महावाणिज्य दूतावास स्थापना गरेकाे छ । मंगलबार उपसभामुख इन्दीरा राणा मगर, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी लगायतले एक विशेष समारोहको बीच महावाणिज्य दूतावासको उद्घाटन गरेका हुन् ।
काठमाडौंमा नयाँ वाणिज्य दूतावासको उद्घाटनले नेपाल-आइसल्याण्ड सम्बन्धमा नयाँ अध्यायको सुरुआत गरेको छ । यसले दुई देश बीच सहज कूटनीतिक अन्तरक्रिया र द्विपक्षीय सहयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।
आइसल्याण्डले यसअघि नै गोल्ड स्टार शूजकी कार्यकारी निर्देशक विदूषी राणालाई अवैतानिक राजदूतमा नियुक्त गरिसकेको छ ।
नव नियुक्त महावाणिज्यदूत राणाले अवैतनिक वाणिज्यदूतको हैसियतमा नेपाल र आइसल्याण्डबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन कृतज्ञता र प्रतिबद्धता व्यक्त गरिन् ।
उनले बढेको कूटनीतिक र आर्थिक सम्बन्धका पारस्परिक लाभहरू प्रकाश पारिन् र दुई राष्ट्रहरू बीचको सांस्कृतिक र व्यावसायिक आदानप्रदानलाई प्रवर्द्धन गर्न आफ्नो भूमिकाको अपेक्षा व्यक्त गरिन।
राणाले दुई देशको सम्बन्ध प्रगाढ बनाउन र नेपालमा औद्योगिक र प्राविधिक क्षेत्रको विकासमा आइसल्याण्डको सहयोगको लागि महत्वपुर्ण भूमिका खेल्ने बताइन ।
त्यस्तै उद्योगमन्त्री भण्डारीले महावाणिज्यदूत राणाले नेपालको प्रसिद्ध क्षेत्रको प्रचार प्रसार र अन्यक्षेत्रको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया