काठमाडौं । सरकारले देशभरका स्थानीय निकायलाई टी–२० विश्वकपको खेल लाइभ देखाउन निर्देशन दिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालले खेल्ने हरेक खेल लाइभ देखाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
मन्त्रालयले नेपाली खेलाडी र खेलप्रेमीको हौसला बढाउन नेपालको खेल लाइभ गर्न आग्रह गरेको हो ।
मन्त्रालयले सबै स्थानीय तहमा उपलब्ध स्रोत र साधन बमोजिम लाइभको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
प्रतिक्रिया