सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?

सुनको मूल्यले फेरि बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनको मूल्यले इतिहासकै महँगोको रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २७०० रुपैयाँले बढेर १ लाख ४२ हजार ७०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो ।

नेपाली बजारमा यो अहिलेसम्मकै उच्च हो । यसअघि जेठ १८ गते छापावाल सुनको मूल्य सर्वाधिक १ लाख ४२ हजार २०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै, आज तेजावी सुनको मूल्य १ लाख ४२ हजार रुपैयाँ निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य आकाशिएसँगै नेपाली बजारमा पनि सुनको भाउ अचाक्ली बढेको हो । बिहीबार विश्व बजारमा सुनको भाउ प्रतिऔंस २३२४.८७ डलरमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्यमा प्रतितोला २५ रुपैयाँ बढेर १ हजार ८५० रुपैयाँ पुगेको छ ।

Recent Comments

No comments to show.