बनेपामा श्रमिकहरुको स्वास्थ्य सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया

बनेपामा श्रमिकहरुको स्वास्थ्य सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले बनेपामा श्रमिकहरुको पेशागत स्वास्थ्य सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया आयोजना गरेको छ।

सुर्यविनायक–साँगा–धुलिखेल सडकमा कार्यरत इञ्जिनियर, सुपरभाइजर, श्रमिकलाई काम गर्दा अपनाउनु पर्ने सावधानी, हुन सक्ने स्वास्थ्य जोखिम, कार्य समय आदि बिषयमा अन्तरक्रिया गरिएको जनस्वास्थ्य अधिकृत आमूल प्रधानले जानकारी दिइन्।

कार्यक्रमका ८४ जना सहभागीलाई पेशागत सुरक्षाका विज्ञ युवराज भट्ट, जनस्वास्थ्य अधिकृत प्रधान, सुर्यविनायक– साँगा–धुलिखेल सडक आयोजनाका इञ्जिनियर रविन्द्रकुमार श्रेष्ठ लगायतले अभिमुखिकरण गरेका थिए।

कार्यक्रममा धुलिखेल उद्योग वाणिज्य संघका उपाध्यक्ष अनन्तकृष्ण श्रेष्ठ, जनस्वास्थ्य कार्यालयका सुरेन्द्रकुमार मल्ल लगायत सहभागी थिए।

जनस्वास्थ्य कार्यलयले विभिन्न स्थानीय तहमा पेशागत सुरक्षाबारे अभिमुखिकरण सञ्चालन गरिरहेको छ। शनिबार पनौतीमा अभिमुखिकरण गरिने कार्यालयले जनाएको छ ।

Recent Comments

No comments to show.