गोविन्दराज जोशी विरुद्ध भ्रष्टाचार मुद्दाको फैसला १३ साउनमा

गोविन्दराज जोशी विरुद्ध भ्रष्टाचार मुद्दाको फैसला १३ साउनमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशी विरुद्ध भ्रष्टाचार मुद्दाको फैसला आगामी १३ साउनमा सुनाउने भएको छ। न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार दुवै पक्षको सुनुवाइ सकेर १३ साउनमा फैसला सुनाउने मिति तय गरेको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशी विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 

विशेष अदालतको फैसला विरुद्ध जोशीले फागुन, २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए। विशेष अदालतले भ्रष्टाचारी ठहर गरेपछि उनी सर्वोच्च गएका थिए। 

विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले १० साउन, २०६९ मा जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको थियो। जोशीले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जफत र त्यति नै रकम जरिवाना हुने फैसला भएको थियो।

Recent Comments

No comments to show.