बजेटले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएको छ – पूर्वअर्थमन्त्री महत

बजेटले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएको छ – पूर्वअर्थमन्त्री महत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएको बताए।

आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले आवश्यकताको आधारमा बजेट विनियोजन नगरेर सरकारले आफू खुशी अघि बढ्ने बाटो लिएको समेत बताए।imb

उनले देशभर पानीको अभाव भइरहेका बेला सरकारले खानेपानीको क्षेत्रमा बजेट कटौति गर्ने काम गरेको भन्दै आपत्ति जनाए।अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बजेट थुपारेर सरकारले गलत बाटो लिएको उनको भनाइ छ। यस्तै सत्तारुढ गठबन्धनमुखि बजेट ल्याउने काम गरिएको आरोप लगाए।

‘सरकारले बजेट ल्याउँदा प्राथमिकतालाई तिलाञ्जली दियो । यहाँ खानेपानीको अत्यन्त समस्या छ । तपाईदेखि पहाडसम्म नै समस्या छ। पानीका स्रोतहरु सुकेका छन् । अब खानेपानीमा पहिला २८ अर्ब थियो, अहिले २६ अर्ब बजेट राखिएको छ,’ उनले भने, ‘सम्पूर्ण रकम अर्थ मन्त्रालय, शहरी मन्त्रालयमा र केही चाहीँ भौतिक मन्त्रालयमा केन्द्रित गरिदिनु भयो। कानून मन्त्रालयमा ७७ करोडबाट ५४ करोडमा झारिदिनु भयो। यसरी विनियोजन गरिएको छ। जुन ठिक छैन।’

बजेटले धेरै कुरा नबोलिकन आफ्नो हिसावले खर्च गर्ने बाटो लिएको आरोप लगाए। ‘त्यो बेठिक भइराखेको छ। यो बजेटले ठिक बाटो पक्रन सकेन। आन्तरिक ऋणको भरमा बजेटको आकार बढाउने काम गरेको छ,’ उनले भने।

Recent Comments

No comments to show.