प्रेस युनियनद्वारा उपत्यका प्रदेश र काठमाडौं शाखा समितिमा तालावन्दी

प्रेस युनियनद्वारा उपत्यका प्रदेश र काठमाडौं शाखा समितिमा तालावन्दी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेश समितिले नेपाल पत्रकार महासंघ उपत्यका समितिको कार्यालयमा तालाबन्दी गरेको छ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका अध्यक्ष र महासचिवद्वारा हस्ताक्षर गरी हालै प्रकाशित साधारण सदस्यहरुको नामावलीप्रति गम्भीर असहमति जनाउँदै युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेश समितिले बुधबार तालाबन्दी गरेको हो।

उपत्यका तथा प्रतिष्ठान प्रदेशका अध्यक्ष लिलाराज खनाल नेतृत्वको युनियनकर्मीको टोलीले नेपाल पत्रकार महासंघ उपत्यका समितिको कार्यालय अनामनगरमा बुधबार अपरान्ह तालाबन्दी गरेको हो।

महासंघको सदस्यता शुद्धीकरणका नाममा एकलौटी ढंगबाट कयौं सक्रिय पत्रकारहरुको नाम हटाएर नामावली प्रकाशन गरेको भन्दै प्रदेश समितिले तालाबन्दी पछि जारी विज्ञप्तिमा भनिएको छ, ‘उपत्यकाका जिल्ला शाखाहरुको सिफारिसलाई वेवास्ता गर्दै महासंघ केन्द्रबाट गैरपत्रकारको नाम प्रकाशित गर्नु आपत्तिजनक छ।’

उपत्यका तथा प्रतिष्ठान प्रदेशका अध्यक्ष लिलाराज खनाल र महासचिव साहिला तामाङद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा काठमाडौ, ललितपुर र भक्तपुर शाखाबाट प्रक्रिया पूरा गरेर आएका नयाँ सदस्यलाई निर्वाचनमा सहभागी गराउन माग गरिएको छ।

महासंघको प्रकाशित सदस्यता नामावलीमा रहेका गैर पत्रकारहरुको नाम हटाउन र प्रकाशित नामावली सही र पारदर्शी तरिकाबाट छानबिन गर्न प्रदेश समितिले माग गरेको छ।

आफूहरुको माग पुरा नभएसम्म तालाबन्दी जारी राख्ने प्रदेश समितिले जनाएको छ।

यसैगरी, नेपाल प्रेस युनियन काठमाडौं जिल्ला समितिले पनि नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला समितिको कार्यालय भृकुटीमण्डपमा तालाबन्दी गरेको छ।

युनियनका जिल्ला उपसभापति रोमन आचार्यसहितका पदाधिकारी तथा सदस्यहरुले सदस्यता शुद्धीकरणको नाममा जिल्लाले सिफारिस गरेका सबै सदस्यहरुको नाम समावेस गर्न र अवैधानिक रुपमा थपिएका नामहरु हटाउन माग गरेको छ।

Recent Comments

No comments to show.