सन्दीपका समर्थक र प्रहरीबीच बालुवाटारमा झडप [भिडियाेसहित]

सन्दीपका समर्थक र प्रहरीबीच बालुवाटारमा झडप [भिडियाेसहित]

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा स्पिनर सन्दीप लामिछानेलाई टी–ट्वान्टी विश्व कप खेल्न जान काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा नदिएको भन्दै उनका समर्थकहरुले विरोध प्रदर्शन गरेका छन् ।

बुधबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएर सन्दीपका समर्थकहरुले दुतावासलाई दबाब दिन विरोध प्रदर्शन गरेका हुन् । लामिछानेलाई भिसा नदिए नेपालस्थित अमेरिकी राजदूतावासमा धर्ना बस्ने समेत उनीहरुको चेतावनी थियो ।

उनीहरुले लामिछानेलाई टी–२० विश्वकपकपबाट बञ्चित गराउने सडयन्त्र भइरहेको उल्लेख गर्दै उनलाई अमेरिका पठाउन सरकारीस्तरबाट पहल हुनुपर्ने बताए । सन्दीप लामिछाने भिसाका कारण अमेरिका उड्न नसकेपनि नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी परिवारसहित बुधबार अमेरिकातर्फ प्रस्थान गरेका छन् ।

Recent Comments

No comments to show.