काठमाडौं । आगामी आर्थिक वर्षको बजेट भाषण संघीय संसदमा दिउँसो ३ बजे हुने भएको छ। यसअघि १ बजे संघीय संसदमा अर्थमन्त्री वर्षमान पुनले बजेट भनिएको थियो।
तर, मन्त्रिपरिषद् बैठक २ घण्टापछि सरेपछि बजेट भाषणको समय पनि सरेको हो। मन्त्रिपरिषद् बैठक दिउँसो १ बजे बस्ने बताइएको छ।
दलहरुबीच सहकारी रकम अपचलनबारे संसदीय छानविन समिति बनाउने सहमति अनुसार कार्यादेश बनाउन गठीत कार्यादलको बैठक बसिररहेकाले मन्त्रिपरिषद बैठक सरेको हो।
प्रतिक्रिया