छानबिन समिति गठनमा सहमति

छानबिन समिति गठनमा सहमति

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले सरकारसँग सहकारी प्रकरण संसदीय छानबिन समितको टीओआरसम्बन्धी सहमतिको अनुमोदन गरेको छ।

आज बसेको संसदीय दलको बैठकले सहमतिबारे ब्रिफिङ गरेर बैठकले अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। उनले कार्यदल बसेर केहीबेरमा कार्यादेश टुंग्याइने बताए।

उनले भने, ‘अब कार्यदलको बैठक बसेर अन्तिम रूप दिन्छ। आज बस्ने ४ प्रतिनिधिसभाको बैठकबाट कार्यादेश पारित हुनेगरी प्रस्तुत हुन्छ। हामी समितिमा बस्नेको नाम तीन बजेसम्ममा दिइसक्छौं।’

हिजो अबेरसम्म बालुवाटारमा बसेको बैठकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्ष कांग्रेसबीच ७ सदस्यीय संसदीय छानबिन समिति बनाउने सहमति भइसकेको छ। जसमा एमाले र कांग्रेसबाट दुई/दुई जना, माओवादी, रास्वपा र राप्रपाबाट एक/एक जना रहने छन्।

आज बस्ने कार्यदल बैठकले कार्यादेशलाई अन्तिम रूप दिनेछ।

Recent Comments

No comments to show.