जेठ १५ गते मंगलवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

जेठ १५ गते मंगलवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौं । २०८१ जेठ १५ गते | मंगलवार २८ मे २०२४। ज्येष्ठ कृष्णपक्ष पञ्चमी तिथि, १५ः१६ बजेपछि षष्ठी। उत्तराषाढा नक्षत्र, ९ः५० बजेपछि श्रवण। चन्द्रराशि मकर।

आजको राशिफल

मेष : समय राम्रो छ। परिवारको सहयोग प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। देशभित्र गरेको लगानीबाट फाइदा हुनेछ। विदेश यात्रामा जोखिम छ। राजनीतिक क्षेत्रमा खुट्टा तान्ने व्यक्ति सक्रिय छन्।

वृष : सिर्जनात्मक क्षमता बढ्ने योग छ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको प्रेम सुमधुर बन्नेछ। विदेशमा रमाउने मोह बढ्ने देखिन्छ। साथीसँगको संगतले फाइदा हुनेछ।

मिथुन : मन चञ्चल हुनेछ। साथीसँग सोचेर बोल्नु राम्रो हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ। घर सल्लाह गरेर मात्र ठुलो कामको सुरुवात गर्नु फलदायी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : मन अशान्त हुने योग छ। व्यापारमा घाटा भोग्नुपर्ने देखिन्छ। परिवारभित्र समेत झगडा हुने देखिन्छ। यसअघि गरेको लगानीबाट उत्साह बढ्ने भए पनि आज थप लगानी नगर्नु राम्रो हुनेछ। परिवारको साथ मिल्नेछ।

सिंह : सम्मान प्राप्त हुने दिन छ। मन अशान्त हुँदा खानपानमा घडबढी हुनेछ। शान्त भएर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक लगानीमा भने जोखिम देखिन्छ।

कन्या : दिन राम्रो छ। अरुलाई झुक्याएर आफू सफल हुने समय छ। शिक्षामा सफलता प्राप्त हुनेछ। लगानी भए व्यापारमा फाइदा हुनेछ। लगानीको क्षेत्रमा निरन्तरको प्रयासले राम्रो आम्दानी हुने देखिन्छ।

तुला : ठुलो लगानी नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको लगानीबाट भने तपाईं सफल हुने दिन छ। निजी काम गर्दागर्दै दिन बित्ने देखिन्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। सामाजिक कार्यमा हात नलगाउनु राम्रो हुनेछ।

वृश्चिक : पुरानो रोग बल्झने योग छ। धार्मिक क्षेत्रमा मन जानेछ। लगानीको क्षेत्रमा उचित मूल्यांकन हुनेछ। राजनीतिक र सामाजिकमा सेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : लामो समयदेखि रोकिएको काम बन्नेछ। शिक्षामा सफलता मिल्नेछ। व्यापार क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा राम्रो सहकार्य हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ।

मकर : बोलीमा मधुरता र मनमा उत्साह बढ्नेछ। राजनीतिमा ठुलो सफलता प्राप्त हुनेछ। खर्च बढ्ने योग छ। आफ्नै भनेका साथीहरुले आक्रमण गर्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। परिवारको भावना बुझ्न नसक्दा खटपटी बढ्ने योग छ।

कुम्भ : आर्थिक लाभ हुनेछ। लगानी गर्दा विवेक प्रयोग गर्नु राम्रो हुनेछ। तपाईंकै साथीले झुटा आरोप लगाउने भएकाले प्रतिवाद गर्नु राम्रो हुनेछ। तपाईंको प्रिय वस्तु हराउने जोखिम रहेकाले काम गर्दा सचेत हुनुपर्ने देखिन्छ।

मीन : घमण्डले घाटा हुनेछ। साथी र आफन्तसँग राम्रो व्यवहार गरेर अगाडि बढनु भएमा सफलता मिल्नेछ। ठुलो लगानीमा खर्च नगर्नु राम्रो होला। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Recent Comments

No comments to show.