बेथानचोक कप भलिबलको उपाधि खानीखोलालाई

बेथानचोक कप भलिबलको उपाधि खानीखोलालाई

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे । बेथानचोक गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको पाँचौं बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता २०८० को उपाधि खानीखोला गाउँपालिकाले उचालेको छ।

ढुंखर्कस्थित पार्वती माविको खेल मैदानमा शनिबार भएको फाइनलमा मण्डनदेउपुर नगरपालिकालाई हराउँदै खानीखोलाले उपाधि जितेको हो। आयोजक बेथानचोक र महाभारतले तेस्रो भए।

विजेता खानीखोलाले ८० हजार, दोस्रो भएको मण्डनदेउपुरले ५० हजार र तृतीय हुने  बेथानचोक र महाभारतले समान २० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।

प्रतियोगितामा बेष्ट स्पाइकर मण्डनदेउपुर नगरपालिका केशव गौतम, बेष्ट ब्लकरमा मण्डनदेउपुरकै सुरेशकुमार श्रेष्ठ, बेष्ट सेटरमा खानीखोला गाउँपालिकाका सुवास थोकर, बेष्ठ डिफेण्डर मण्डनदेउपुरका प्रविण सापकोटा र बेष्ठ सर्भर खानीखोलाका मनराज आलेमगरले भए। सर्वोत्कृष्ट खेलाडीको खानीखोलाकै उमेश रानामगर बने।

प्रतियोगिताको समान गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले गाउँपालिकाले वर्षेनी गर्दै आइरहेको प्रतियोगितामा १७ टिममा सहभागिता रहनु उत्साहको कुरा भएको बताए। उनले खेलकुद क्षेत्रमा लगानी गर्न गाउँपालिका प्रतिबद्ध भएको बताए।

उपाध्यक्ष तारा राना तिमल्सिनाले उत्साहपूर्वक खेल क्षेत्रमा लागेका खेलाडीले निराश हुनु नपर्ने बताउँदै प्रतियोगिता सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिइन्।  

समापन कार्यक्रमा मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपाल, बेथानचोक गाउँपालिकाका वडा अध्यक्षहरु मधुसुधन तिमल्सिना, पुरुषोत्तम तिमल्सिना, राजकुमार वाइबा लगायतका जनप्रतिनिधिहरुको उपस्थिति थियो।

Recent Comments

No comments to show.