बालेनको आक्रोश :बाँदरहरुले आफ्नो घरपनि बनाउँदैनन् र अरुले बनाएको घर पनि भत्काँउछन्

बालेनको आक्रोश :बाँदरहरुले आफ्नो घरपनि बनाउँदैनन् र अरुले बनाएको घर पनि भत्काँउछन्

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सङ्घीय सरकारप्रति पुनः असन्तुष्टि जनाएका छन् ।

शाहले सङ्घीय सरकारलाई लक्षित गर्दै बाँदरहरुले आफ्नो घरपनि बनाउँदैनन् र अरुले बनाएको घर पनि भत्काउँछन् भनेका छन् । 

उनले आज सामाजिक सञ्जालमा स्टाटस राख्दै सरकारले घोषणा गरेको कार्यक्रम कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेक हुन्। सामाजिक सञ्जालमार्फत बालेनले प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा बजेटमा उल्लेख गरेर पनि केन्द्र सरकारले बिर्सिएको बताएका छन् । 

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, ‘सघीय संसदको संयुक्त वैठकले, २०८० ज्येष्ठ १५ गते प्रस्तुत गरेको आर्थिक बर्ष २०८०र०८१ को बजेट वक्तव्यको नीतिगत एवं कानुनी सुधार कार्यक्रममा, २०८१ वैशाख १ गतेदेखि प्लाष्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ् गर्ने व्यवस्था मिलाइनेछ’, भनेको थियो ।

यो व्यवस्था सूर्तीजन्य बस्तु, धूमपानजस्ता प्लाष्टिकमा प्याक गरेका बस्तुका लागि पनि हो। आज जेष्ठ महिनाको ११ गते भइसक्यो। घोषणा गरेको कार्यक्रम कार्यान्वयनको कुनै सुरसार छैन। यसकारण हामी संघीय सरकारलाई उक्त मिति सम्झाउन चाहन्छौँ।’ 

बालेनले सामाजिक सञ्जालमा यस्तो लेखका छन्


Recent Comments

No comments to show.