गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भयाे : सञ्चारमन्त्री

गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भयाे : सञ्चारमन्त्री

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रमा बदमासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित भएको बताएकी छिन् ।

बिहीबार राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवस २०८१ का अवसरमा आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्वीर प्रदर्शनीमा बोल्दै मन्त्री शर्माले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको डेढ वर्षको अवधिमा गणतन्त्रिक व्यवस्थामा बदमासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित गरेको बताइन् । 

उनले सरकार बन्ने बेलामा वर्तमान व्यवस्था नै खराब हो र गणतन्त्रबाट केही भएको छैन भन्ने भाष्य स्थापित हुन खोजेको अवस्था रहेको भन्दै अहिले त्यस्तो अवस्था नरहेको बताइन् । अहिले जतिसुकै ठूलो पदीय हैसियतमा भए पनि गल्ती गर्नेलाई छुट हुँदैन भन्ने स्थापित भएको उनको भनाइ छ । उनले सरकारको गतिविधिबाट गणतन्त्र र संविधानभन्दा माथि कोही छैन भन्ने कुरा पुष्टि भएको बताइन् । 

उनले गणतन्त्रपछि सञ्चार क्षेत्रमा गुणात्मक उपलब्धि हासिल भएको बताइन् । तीन तहको सरकार बनेपछि स्थानीय तहमा सडक पूर्वाधारहरू धेरै बनेको र विकास हुन थालेको पनि बताइन् ।

Recent Comments

No comments to show.