ग्वार्कोमा गाडीले ठक्कर दिँदा युवकको मृत्यु

ग्वार्कोमा गाडीले ठक्कर दिँदा युवकको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ललितपुरको ग्वार्कोमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, एसपी नरेशराज सुवेदीका अनुसार बुधबार राति १० बजेआसपास ललितपुर महानगरपालिका-१७ ग्वार्कोमा प्रदेश ०२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकललाई गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको हो। 

गाडीको ठक्करबाट सिराहा घर भई काठमाडौँको कोटेश्वरमा बस्ने गरेका ३२ वर्षीय जयनाथ यादव गम्भीर घाइते भएका थिए।

उनलाई तत्काल उद्धार गरी नजिकैको बीएन्डबी अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा राति ११ बजे मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए।

ठक्कर दिने गाडी भने पत्ता लागेको छैन। खोजी भइरहेको उनले बताए। 

Recent Comments

No comments to show.