प्रभु बैंकका ग्राहकले पोखराको होटल सरोवर र किङ्गस लाउन्जमा विशेष छुट पाउने

प्रभु बैंकका ग्राहकले पोखराको होटल सरोवर र किङ्गस लाउन्जमा विशेष छुट पाउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । पर्यटकीय राजधानी पोखराको लेकसाइडस्थित होटल सरोवर र किङ्गस लाउन्ज प्रभु बैंकका कर्मचारी तथा ग्राहकले विशेष छुट पाउने भएका छन् ।

होटल र बैंक बीच विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंकका तर्फबाट बैंकको गण्डकी प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहकबर्ग, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले दुवै होटलमा उपलब्ध सेवाहरू जस्तै आवास, खाना, मनोरञ्जन सभाहल र पौडी लगायतका सेवाहरूमा विशेष छुट पाउने छन् ।

साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैंकसँगको आबद्घताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

प्रभु बैंक हालै ‘बैंक अफ द इयर २०२३’ को उपाधी बाट सम्मानित भएको थियो । बैंकले हाल देशभरका ३०२ शाखा कार्यलय, २८५ एटीएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Recent Comments

No comments to show.