नेप्सेमा दोहोरो अंकको वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा लगातार चौथो दिन दोहोरो अंकको वृद्धि भएको छ । आइतबारदेखि लगातार उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । यस साता ४ दिनमै नेप्से १११ अंकले बढेको छ ।

बुधबार नेप्से परिसूचक १५.५४ अंकले बढेर २१३१.४९ बिन्दुमा पुगेको छ । सूचकसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४८ करोडले बढेर ५ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।

आज ३१८ कम्पनीको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटै समूहमध्ये ४ समूहको परिसूचक बढेको छ भने ९ को घटेको छ । आज लगानीकर्ता वाणिज्य बैंकको सेयरमा आकर्षित भएका छन् । बैंकिङ समूहको परिसूचक सर्वाधिक ४.२३ प्रतिशतले बढेको छ ।

आज नेरुडे मिर्मिरे लघुवित्तको सेयर सर्वाधिक कारोबार भएको छ । यसको २४ करोड ४२ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

कारोबारमा आएका मध्ये ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको घटेको छ ।

आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सबैको लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

बढ्दो बजारमा मानुषि लघुवित्तका सेयरधनीले सर्वाधिक ८.०५ प्रतिशत गुमाएका छन् ।

Recent Comments

No comments to show.