रघुवीर महासेठ सबैभन्दा ‘धनी’ मन्त्री, नारायणकाजी श्रेष्ठ ‘गरिब’

रघुवीर महासेठ सबैभन्दा ‘धनी’ मन्त्री, नारायणकाजी श्रेष्ठ ‘गरिब’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सबैभन्दा धनी मन्त्रीमा दरिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सम्पत्ति विवरण बुझाएका प्रधानमन्त्री सहित मन्त्रीमध्ये महासेठसँग नगद र जिन्सी सबैभन्दा बढी देखिएको छ । उनको धेरैजसो सम्पत्ति श्रीमती जुलीकुमारी महतोको नाममा रहेको विवरणमा उल्लेख गरेका छन् ।

महतोको नाममा जनकपुरमा ४२०० वर्गमिटर जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा रहेको छ । त्यस्तै महासेठको नाममा धनुषामा १ बिघा बढी जग्गा रहेको छ ।

२ करोड २५ लाख रुपैयाँ बराबर नगद, ४३ तोला सुन, १.५ किलो चाँदी आफूसँग रहेको मन्त्री महासेठको सम्पत्ति विवरणमा उल्लेख छ । तीबाहेक पत्नी महतोको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै, सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार सबैभन्दा गरिब उपप्रधान तथा परराष्ट्रमन्त्री नारायकाजी श्रेष्ठले देखिएका छन्।

मन्त्री श्रेष्ठको गोरखा सिरानचोक ८ मा करिब ३८ रोपनी पैतृक सम्पत्ति रहेको छ। त्यो पनि २०५८ सालमा पार्टीमा हस्तान्तरण घोषणा गरिएको र प्रक्रियामा रहेको श्रेष्ठले उल्लेख गरेका छन् ।

सिंहदरबारस्थित रावा बैंकको खातामा तलब सुविधाको १ लाख २२ हजार ९१८ रूपैयाँ मौज्दात छ। प्रधानमन्त्री समेत नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि चढ्न दिएको महिन्द्रा गाडी आफूसँग रहेको उल्लेख गरेका छन्। मन्त्री श्रेष्ठ नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष पनि हुन्।

Recent Comments

No comments to show.