प्रधानमन्त्रीसँग भरतपुरमा १४ कठ्ठामा पार्किङसहितको घर, बैंकमा २५ लाख

प्रधानमन्त्रीसँग भरतपुरमा १४ कठ्ठामा पार्किङसहितको घर, बैंकमा २५ लाख

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को १५ कठ्ठा जमिन, ५ तोल सुन र २५ लाख नगद सम्पत्ति रहेको सार्वजनिक भएको छ।

बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार दाहालको भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी पत्नी सीता दाहालको नाममा रहेको सम्पत्ति विवरणमा उल्लेख छ। त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ।

सो जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ। यस्तै प्रधानमन्त्री प्रचण्डसँग पाँच तोला सुन र एभरेष्ट बैंक लिमिटेड, सिंहदरबारको खातामा २५ लाख नगद मौज्दात रहेको उल्लेख गरिएको छ।

Recent Comments

No comments to show.