मेयर बालेनले सार्वजनिक गरे गिरिबन्धु जस्तै जग्गा सट्टाभर्ना गर्न खोज्ने १०१ कम्पनीको नाम

मेयर बालेनले सार्वजनिक गरे गिरिबन्धु जस्तै जग्गा सट्टाभर्ना गर्न खोज्ने १०१ कम्पनीको नाम

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले गिरिबन्धु टी-इस्टेटको जसरी नै जग्गा सट्टाभर्ना खोजेको भन्दै १०१ कम्पनीके नाम सार्वजनिक गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मेयर बालेनले जग्गा सट्टा भर्नाका लागि निवेदन दिएका भन्दै १०१ कम्पनीको नाम सार्वजनिक गरेका हुन् ।

उनले ती कम्पनीहरुले गिरिबन्धुलाई जसरी नै हजारो बिगा जमिन हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै निवेदन हालेको बताएका हुन्। सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको उनको आकलन छ ।

‘यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको आकलन गरिएको छ। सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ। तर बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन्। उनीहरूको स्वर घटेको छैन,’ उनले लेखेका छन् ।

बिचौलियाहरू कानून नै परिवर्तन गर्न कुरेर बसेको उनको भनाइ छ।‘यदि त्यस्तो भयो भने यसले राज्यको खर्बौं रकम अपचलनको ढोका खोलिदिन्छ। जुन रकम राज्यसँग हुने हो र सदुपयोग गर्ने हो भने १० हजार मेघावाट बिजुली निस्किने आयोजना बन्ला, २२ खर्ब नेपाली को ऋण तिर्न सकिएला, स्वास्थ्य बीमामा झन् धेरै सुविधा दिन सकिएला, हजारौं किलोमिटर रेलको लिक बन्ला। देशले ऋण नै लिन नपर्न सक्ला,’ मेयर बालेनले भनेका छन् ।

उनले सरकार भत्केलाकी भनी नडराइ तत्काल ती जग्गा सरकारीकरणको पहल गर्न आवश्यकता रहेको उनले बताएका छन् ।

‘यसै पनि सर्वोच्चले बाँझो भए वा अरू नै प्रयोजनमा भए सरकारीकरण गर्नु भनिसकेको छ। त्यो गरीहालौं। अनि, घडेरी दिने प्रलोभनमा धेरै मान्छेसँग बैना पनि लिइएको छ। त्यो रकम करोडौं हुन सक्छ। ती मान्छेलाई विश्वासमा लिई घडेरी बेच्न बैना लिनेहरूविरुद्ध ठगी उजुरी सुरू गरौं,’ उनले भनेका छन्।

Recent Comments

No comments to show.