गृहमन्त्रीप्रति गगन थापाको टिप्पणी- गृहमन्त्रीले धमाधम फाइल खोल्ने हो, खोलेर देखाइदिँउ भनेर धम्क्याउने होइन्

गृहमन्त्रीप्रति गगन थापाको टिप्पणी- गृहमन्त्रीले धमाधम फाइल खोल्ने हो, खोलेर देखाइदिँउ भनेर धम्क्याउने होइन्

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले उपप्रधामन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई फाइल खोलिदिउँ वा अनुसन्धान गरिदिउँ भन्दै नधम्क्याउन आग्रह गरेका छन्। 

आइतबार प्रतिनिधिसभा बैठक सकिएलगत्तै संसद भवनमै पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले गृहमन्त्री लामिछानेलाई फाइलन खोलिदिउँ भनेर नधम्क्याउन भन्द्र गर्दै धमाधम फाइलन खोलेर अनुसन्धान गर्न  आग्रह गरे।

‘तेरो फाइल खोलिदिउँ भन्दै थर्काइरहनुभएको छ गृहमन्त्रीज्यूले। गृहमन्त्रीले भन्ने हो कि गर्ने हो ? गृहमन्त्रीले त अनुसन्धान गर्ने हो । दोषी भए कारबाही गर्ने हो । त्यसरी थर्काएर हुँदैन । ल गृहमन्त्रीले जे जेमा समिति बनाउने हो बनाउनुस्, हामी तयार छौं,’ उनले भने, ‘आज संसदमा उठाउनुभएको जे जे विषयमा संसदीय समिति बनाउने हो, बनाउनुहोस् हामी तयार छौं । एउटा एउटा विषयमा गृहमन्त्रीले समिति बनाउन अनुरोध गर्छौं। १० वर्ष, १५ वर्षसम्मको छानबिन समिति बनाए हुन्छ।’

जननिर्वाचित सांसदले बोल्न पाउने हक भएकै कारण लामिछानेलाई सदनमा बोल्न दिइएको समेत थापाले बताए। 

 ‘बोल्न पाउने हक भएकै कारण गृहमन्त्रीलाई आज बोल्न दियौं। तर मैले बोलेपछि पनि अरु बोल्नै नहुने र अघि पनि बोल्न नहुने जिद्दी रहि नै रह्यो,’ उनले भने,  ‘सभामुखज्यूलाई उहाँको कुरा हामी धैर्यतापूर्वक सुन्छौं त्यसपछि हाम्रो कुरा पनि राख्न दिनुस् भन्दा मान्नु भएन। त्यसपछि पत्रकार सम्मेलन गर्नुप¥यो।’

लोकतान्त्रिक पद्धतिअनुसार संसदीय प्रक्रिया अगाडि बढाउनुपर्नेमा एउटालाई बोल्न दिएपछि सदन बैठक नै स्थगित गर्नु उचित नभएको उनले बताए। 

आइतबार प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई आफ्ना कुरा राख्न दिएपछि पूर्वनिर्धारित कार्यसूचीका सबै कार्यक्रम हटाइएको जानकारी गराएर बैठक सोमबारसम्मका लागि स्थगित गरेका थिए।

Recent Comments

No comments to show.