सामाजिक–आर्थिक ढाँचालाई परिवर्तन गर्न वैज्ञानिक समाजवादको कार्यान्वयन : पूर्वप्रधानमन्त्री खनाल

सामाजिक–आर्थिक ढाँचालाई परिवर्तन गर्न वैज्ञानिक समाजवादको कार्यान्वयन : पूर्वप्रधानमन्त्री खनाल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ नालले पूँजीवादी सामाजिक–आर्थिक ढाँचालाई परिवर्तन गर्न वैज्ञानिक समाजवादको कार्यान्वयन गर्नुपर्ने बताएका छन् । 

पार्टी निकट एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपालको चौथो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले नेपाली समाजको ठोस् वस्तुगत अवस्था पूँजीवादी भएकाले त्यसको विकल्पमा समाजवादी क्रान्ति र आर्थिक रूपान्तरण कायम गर्नुपर्नेमा जोड दिए।

कुनै पनि समाजमा क्रान्तिको स्वरूप वस्तुगत अवस्थाले मात्र निर्धारण गर्ने बताउँदै उनले भने, “अझै पनि कतिपय वामपन्थी साथीहरू अहिले नै समाजवादी कार्यक्रम अघि सार्न तयार हुनुहुन्न, यो क्रान्तिकारी कार्यदिशाबाट दक्षिणपन्थी दिशा तिर भड्किएको चिन्तन हो । यस्तो चिन्तनले वस्तुगत यथार्थलाई देख्दैन ।”

समाजलाई अग्रगतितर्फ लैजान विचार चिन्तनलाई पनि वर्ग दृष्टिकोण कै आधारमा विश्लेषण गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक अवस्था, वस्तुगत स्थिति तथा क्रान्तिका प्रक्रियामा यथार्थपरक अध्ययन गरी दृष्टिकोण निर्माणको खाँचो औँल्याए । 

विगतमा जनताको अग्रगति र प्रगतिको मुख्य बाधक नै निरंकुश राजतन्त्र र सामन्तवाद रहेको बताउँदै उनले नेपाली समाजको आधारभूत पक्षमा नै परिवर्तन आएकाले अब समाजवादी कार्यक्रमका माध्यमबाट जनता र राष्ट्रलाई अग्रगतितर्फ लैजानपर्ने उल्लेख गरे । 

पूर्वप्रधानमन्त्री रहेका नेता खनालले विगतमा अघि सारेका नयाँ जनवाद, राष्ट्रिय जनवाद, जनताको जनवाद वा जनताको बहुदलीय जनवादका कार्यक्रम तत्कालीन वस्तुगत परिस्थितिका आवश्यकता भए पनि राजनीतिक उपलब्धिका रूपमा प्राप्त अहिलेको लोकतान्त्रिक व्यवस्था अनुकूल नयाँ धरातल, नयाँ औचित्य र नयाँ आवश्यकताका आधारमा अब समाजवादी कार्यक्रमअघि सार्नुपर्ने विचार व्यक्त गरे । 

Recent Comments

No comments to show.