प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् ।  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले विश्वासको मत फिर्ता लिएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। आफ्नो दल विभाजन भएपछि जसपाले ३१ वैशाखमा सरकार छाडेको थियो। उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। 

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्न गर्न १३८ सांसदको समर्थन चाहिन्छ। वर्तमान सत्ता समीकरण हेर्दा यसपटक पनि उनले सजिलै विश्वासको मत पाउने देखिन्छ। वर्तमान सत्ता गठबन्धनसँग १५० भन्दा धेरै सांसद हुने अनुमान गरिएको छ। 

Recent Comments

No comments to show.