५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय २३५१ डलर पुर्‍याइने, जीडीपी १०० खर्ब बढी

५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय २३५१ डलर पुर्‍याइने, जीडीपी १०० खर्ब बढी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले आगामी ५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय २ हजार ३५१ अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको १६औं आवधिक योजना अनुसार आर्थिक वर्ष २०८५र८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३५१ अमेरिकी डलर र्पुयाइले लक्ष्य राखिएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको १६ औं योजना आयोगले बुधबार सार्वजनिक गरेको हो ।

त्यस्तै, आयोगले आव २०८५/८६ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १०० खर्ब रुपैयाँभन्दा माथि र्पुयाउने लक्ष्य राखेको छ ।

१६औं योजनामा औसत आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने लक्ष्य लिएको छ । आगामी आव २०८१/८२ मा ६ प्रतिशत, २०८२/८३ मा ६.६, २०८३/८४ मा ७.४, २०८४/८५ मा ७.९ र २०८५/८६ मा ७.२ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

यसैगरी, आव २०८५/८६ सम्म विद्युत् उत्पादन ११ हजार ७६९ मेगावाट र विद्युत् पहुँच शतप्रतिशत जनसंख्यामा र्पुयाउने लक्ष्य राखेको छ ।

यस्तै, इन्टरनेटको पहुँच ९० प्रतिशत जनसंख्यामा र्पुयाउने, गरिबीको रेखामुनि रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने, मुद्रास्फीति ५ प्रतिशतभित्र कायम राख्ने, औसत आयु ७३ वर्ष र साक्षरता ८५ प्रतिशत र्पुयाउने र बेरोजगारी दर ५ प्रतिशतमा सीमित पार्ने १६औं योजनाको लक्ष्य छ ।

Recent Comments

No comments to show.