सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई सबै प्रकारका क्रिकेट खेल गतिविधिमा लागेको निलम्बन फुकुवा गरेको छ।

क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपमाथि घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिमाथि लागेको निलम्बन फुकुवा गरिएको जानकारी दिएको हो।

क्यानले भनेको छ, ‘सम्मानित उच्च अदालत पाटनको मिति २०८० जेठ २ को फैसला बमोजिम नेपाली क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने विरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँछौँ।’

क्यानले बुधबार नै सन्दीपलाई अमेरिका र वेष्टइन्डिजमा हुने विश्वकप क्रिकेट खेल्न पठाउने जनाएको छ।

बुधबार उच्च अदालत पाटनले बलात्कार मुद्दामा जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई सफाइ दिएको थियो।

Recent Comments

No comments to show.