नीति तथा कार्यक्रम पुरानै ढर्राको आयो, छलफल गर्नुको अर्थ छैनः पूर्वअर्थमन्त्री महत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुरानै ढर्राबाट आएको टिप्पणी गरेका छन्।

मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुतपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रतिपक्षले लामो समयदेखि उठाएका माग र सर्वसाधरणको मागलाई सम्बोधन गर्ने गरी कार्यक्रम नआएको बताए।

उनले विगतको जस्तै लामो कार्यक्रम आएको बताए। उनले कार्यक्रममा सरकारले भन्न केही पनि नछोडेका तर लागू हुने कार्यक्रम केही नभएको दाबी गरे।

नीति र कार्यक्रमलाई महत्व दिएर छलफल गर्नुको कुनै अर्थ नदेखिएको उनको भनाइ थियो। उनले कार्यक्रममा सुशासन र भ्रष्टाचार उन्मुक्तिका कुरा गरे पनि भनाइ र गराइ फरक रहेको बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।