संसदीय छानबिन समिति बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता छ : रमेश लेखक

संसदीय छानबिन समिति बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता छ : रमेश लेखक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय छानबिन समिति बनाउने प्रतिवद्धता जनाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बताएको छ।

मंगलवार प्रतिनिधि सभाको बैठक अवरोधपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालले संसदीय छानबिन समिति बनाउने बताएको जानकारी दिएका हुन्।

उनले नेपाली कांग्रेससँग प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रश्तुत गर्न दिन आग्रह गरेका र आफूले संसदीय छानबिन समिति बनाउन कोशिस गर्ने र समिति बनाउने काममा लाग्ने प्रतिवद्धता जनाएको बताए।

उनले संसदीय समिति नबनेसम्म सरकारी काममा कांग्रेसले संसदमा प्रवेश गर्न नदिने स्पष्ट पारे।

उनले भने, ‘प्रधानमन्त्रीजीले नीति तथा कार्यक्रम राष्ट्रपतिजीलाई सम्बोधन गर्न दिनुस्, मैले यहाँ समिति बनाउने कोशिस गर्दछु, भन्ने प्रतिवद्धता गर्नुभएको हो। समिति बनाउने काममा लाग्छु भन्ने प्रतिवद्धता गर्नुभएको हो। जबसम्म संसदीय छानबिन समिति बन्दैन, हामी सरकारी काममा प्रवेश गर्दैनौँ।’

उनले नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्र अघि बढाउने ठोस नीति लिन नसकेको जिकिर गरे।

Recent Comments

No comments to show.