काठमाडौं । सरकारले हलिउड र बलिउडलाई फिल्मका लागि नेपाल निम्त्याउने नीति लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन्।
उनले पर्यटन प्रवर्द्धनका लागि हलिउड र बलिउडका फिल्मकर्मीलाई फिल्म छायांकनका लागि निम्त्याउने नीति तथा योजना सुनाएको हो।उनले भने, ‘हलिउड र बलिउडका चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायांकनका लागि आकर्षित गरी चलचित्र पर्यटक बढाइनेछ।’
प्रतिक्रिया