भारतमा होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु, ७० बढी घाइते

भारतमा होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु, ७० बढी घाइते

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली । मुम्बईको घाटकोपरमा सोमबार होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु भएको छ।

सोमबार दिउँसो घाटकोपरको समता कोलोनीनजिकै पेट्रोल पम्पँसँगै रहेको ठूलो होर्डिङ बोर्ड हावाहुरी कारण ढल्दा १४ जनाको मृत्यु हुनका साथै ७० जनाभन्दा बढी घाइते भएका छन्।

वर्षा र हावाहुरीका कारण पेट्रोल पम्पमा धेरै जना ओत लागेका बेला होर्डिङ बोर्ड खस्दा ठूलो मानवीय क्षति भएको बताइएको छ।

मृतकका परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइने महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले बताएका छन्।

Recent Comments

No comments to show.