विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च,१९ खर्ब ११ अर्ब नाघ्यो

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च,१९ खर्ब ११ अर्ब नाघ्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विदेशी मुद्रा संचितिले हालसम्मकै उच्चको रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले आइबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ९ महिना (साउन-चैत)को तथ्यांक अनुसार विदेशी मुद्रा संचिति १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

गत असारको तुलनामा चैतमा विदेशी मुद्रा संचिति २४.२ प्रतिशतले बढेको हो । असार मसान्त्सम्म कुल विदेशी मुद्रा संचिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १६ खर्ब ८८ अर्ब २१ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग २ खर्ब २३ अर्ब ६५ करोड रुपैयाँ छ ।

आर्थिक वर्ष २०८०/८१ को पहिलो ९ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

डलर संचिति झण्डै साढे १४ अर्ब

यस्तै, अमेरिकी डलर संचिति पनि हालसम्मकै धेरै भएको छ । चैतसम्म राष्ट्रिय ढुकुटीमा १४ अर्ब ३६ करोड अमेरिकी डलर संचित छ । गत असारको तुलनामा चालु वर्षमा डलर संचिति २२.७ प्रतिशतले बढेको हो । रेमिट्यान्स आप्रवाहमा वृद्धि, पर्यटकको आवगमन बढ्नु र विदेशी वस्तुको आयात घट्दा डलर संचिति लगातार बढेको हो ।

२०७९ असोजदेखि डलर संचितिमा लगातार सुधार आएको छ । पछिल्लो एक महिनामा मात्रै राष्ट्रिय ढुकुटीबाट २२ करोड डलर थपिएको।

डलर संचिति बढेको यो लगातार अठारौं महिना हो । राष्ट्रिय ढुकुटीमा चालु आवको साउनमा १२ करोड, भदौमा १६ करोड, असोज ३७, कात्तिकमा ४२ करोड, मंसिरमा ५५ करोड, पुसमा ३९ करोड, माघमा २० करोड र फागुनमा २५ करोड डलर थपिएको थियो।

त्यस्तै, गत वर्षको असोजमा १३ करोड, कात्तिकमा १५ करोड, मंसिरमा १९ करोड, पुसमा ४८ करोड, माघमा २० करोड, फागुनमा १९ करोड, चैतमा २५ करोड, वैशाखमा २७ करोड, जेठमा ९ करोड र असारमा ४३ करोड डलर थपिएको थियो ।

सरकारले डलर संचिति घटेको भन्दै २०७८ चैतदेखि वर्षदेखि विभिन्न विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तर, २०७९ पुसदेखि सरकारले आयात खुलाए पनि त्यसका बाबजूद डलर संचितिमा लगातार सुधार आएको हो ।

Recent Comments

No comments to show.