हचुवामा विकाश निर्माणमा लगानी नगरौं, त्यसले प्रतिफल दिँदैन : अध्यक्ष नेपाल

हचुवामा विकाश निर्माणमा लगानी नगरौं, त्यसले प्रतिफल दिँदैन : अध्यक्ष नेपाल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले हचुवाको भरमा विकास निर्माणका काममा खर्च गर्ने प्रवृत्ति मौलाउँदै गएको बताएका छन्। उनले त्यसले प्रतिफल दिन नसक्ने बताए।

काठमाडौंमा बुधबार कालिका खबरको १०औं वार्षिकोत्सव तथा स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेट निर्माण र लगानी गर्दा प्रतिफल प्राप्त हुने ठाउँलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।

‘हचुवा पाराले निर्माणका काम गर्ने कुराले प्रतिफल दिन सक्दैन। कहाँ, के कसरी लगानी गर्ने भन्नेबारे सोच्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘हामीले बजेट निर्माणका क्रममा पनि प्रतिफल प्राप्त हुने ठाउँलाई प्राथमिकता दिनुपर्दछ। त्यहाँ खर्च गर्न सक्नुपर्दछ । यसबारे राज्यले गम्भीर भएर सोच्न जरुरी ठान्दछु।’

नेपालमा युवा पलायनको तथ्यांक भयावह स्थितिमा पुगेको उल्लेख गर्दै उनले यसको समाधानका लागि शिक्षा क्षेत्रको सुधार जरुरी रहेको स्पष्ट पारे।

‘युवाहरु विदेश पलायनको तथ्यांक भयावह स्थितिमा पुगेको छ । हजारौं युवाहरु एकैदिन विदेश पलायन भइरहेका छन्, यसको समाधानका लागि शिक्षा क्षेत्रको मोडलमा पनि काम गर्नु पर्दछ,’ उनले भने।

अध्यक्ष नेपालले पत्रकारिता संवेदनशील पेसा एवं समाजको प्रतिविम्ब भएको उल्लेख गर्दै उनले पछिल्लो समय सञ्चारमाध्यममा कुरुप अनुहारले मात्र चर्चा पाएको बताए।

Recent Comments

No comments to show.