वर्षापछि घट्न थाल्यो काठमाडौंको वायु प्रदूषण, प्रदूषित शहरको १२ औं नम्बरमा

वर्षापछि घट्न थाल्यो काठमाडौंको वायु प्रदूषण, प्रदूषित शहरको १२ औं नम्बरमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हावाहुरीसहितको वर्षासँगै काठमाडौँ उपत्यकालगायत मुख्य शहरको वायु प्रदूषण घट्न थालेको छ।

‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ८९ मा झरेको छ। सो तथ्याङ्कअनुसार मङ्गलवार दिउँसो भने गुणस्तर सूचकांक (एक्यूआई) १२७ सम्म पुगेको थियो भने गत शनिवार १९२, आइतवार १७६, सोमवार १५६ पुगेको वायु प्रदूषण आज ८९ मा झरेको हो।

एक साताअघि काठमाडौँ विश्वकै पहिलो प्रदूषित शहरमा सूचीकृत भएकामा आज भने घटेर १२ औँ स्थानमा ओर्लिएको छ।

आज भारतको राजधानी दिल्ली विश्वका प्रदूषित शहरको सूचीको पहिलो नम्बरमा पुगेको छ। दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १५९ पुगेको छ‚ जसलाई अस्वस्थ मानिन्छ।

यसैगरी विश्वको दोस्रो प्रदूषित शहरमा आज कङ्गो छ। त्यहाँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १५२ पुगेको छ।

Recent Comments

No comments to show.