झिनो अंकले घट्यो नेप्से, २ अर्ब ५४ करोडको कारोबार

झिनो अंकले घट्यो नेप्से, २ अर्ब ५४ करोडको कारोबार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक ०.२१ अंकले घटेर १९६०.८१ विन्दुमा झरेको हो ।

यसदिन ३०५ कम्पनीको २ अर्ब ५४ करोड ७० लाख ३० हजार ८२५ रुपैयाँ बराबरको ५८ लाख ७४ हजार ९६७ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये ४ समूहको बाहेक सबैको परिसूचक घटेको छ ।

आज फर्स्ट माइक्रोफाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड ६० लाख रुपैयाँ बढीको १ लाख ५८ हजार ४९७ कित्ता शेयर किनबेच भएको छ ।

आज १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको घटेको छ । आज इन्फिनिटी लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ ।

Recent Comments

No comments to show.