ज्योति क्यापिटलको ‘निःशुल्क डिम्याट र मेरो शेयर खाता’ योजना सार्वजनिक

ज्योति क्यापिटलको ‘निःशुल्क डिम्याट र मेरो शेयर खाता’ योजना सार्वजनिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ज्योति क्यापिटलले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुका लागि “ज्योति क्यापिटल निःशुल्क डिम्याट र मेरो शेयर खाता” योजना सार्वजनिक गरेको छ ।

शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी विद्यार्थीहरुलाई पनि शेयर बजार तर्फ आकर्षित गरी सम्पन्न बनाउन उक्त योजना ल्याएको छ ।

योजना अवधिभर कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुले निःशुल्क डिम्याट र मेरो शेयर खोल्न पाइने छ । ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो शेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइटबाट खोल्न सकिनेछ ।

उक्त योजना वैशाख २६ गतेदेखि जेठ २६ सम्म ज्योति क्यापिटल लिमिटेड तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयहरुवाट प्राप्त गर्न सकिने छ ।

हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको यस ज्योति क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा समेत प्रदान गरिरहेको छ । साथै ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलले ज्योति विकास बैंकसँगको सहकार्यमा डिम्याट सेवा पनि प्रदान गरिरहेको छ ।

Recent Comments

No comments to show.