वामदेव गौतमले ओलीलाई भने- एमालेमै फर्किन चाहन्छु, पार्टी फुटाउँदिन

वामदेव गौतमले ओलीलाई भने- एमालेमै फर्किन चाहन्छु, पार्टी फुटाउँदिन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेता वामदेव गौतमले आफू एमालेमै जान चाहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई वामदेवले एमाले फुटाउँछ भनेर शंका नगर्न आग्रह गरेका छन्। 

सोमबार राजनीतिज्ञ सिद्धिनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा एकै मञ्चमा रहेका ओलीलाई नेता गौतमले आफूले पहिला पनि पार्टी नफुटाएको र अब पनि पार्टी फुटाउला कि भनेर आफूमाथि शंका नगर्न ओलीलाई आग्रह गरे। उनले पछिल्लो पटक पार्टी फुट्दा आफ्नो पनि कमजोरी भएको स्वीकार गर्दै त्यसको आत्मआलोचना गरेको भन्दै पार्टी एमाले फुटाउन आफ्नो हात नभएको दाबी गरे। 

‘मान्छेबाट गल्ती कमजोरी हुन्छन म बाट पनि भयो र मैले त्यो महशुस गरे। पछिल्लो पटक दुईवटा अध्यक्ष दुईतिर भएको बेला मलाई चित्त दुख्यो,म कतैतिर पनि लागिन। तर, दुवै तर्फका अध्यक्षले अहिले पनि पार्टी फुटाउने बामदेव हो भने।’ उनले थपे, ‘फुटेर जाने को छ, मिलाउनको निम्ति एउटा फोरम मैले बनाए केही जनदबाब दिन सकिन्छ कि,केही हुन्छकि भनेर मलाई कसैले साथ दिएनन्, एक्लै के गर्नु ?’  

वामदेवले ०५४ सालमा पनि आफूले पार्टी नफुटाएको चर्चा गरे। उनले पार्टीले निष्कासन गरेपछि कुनै उपाए नलागेर अर्को पार्टी बनाएको र त्यसमा आफू गलत भएको आत्मआलोचना गरी फर्किएको भन्दै अहिले नेकपा एमाले फुटाउनुमा आफ्नो कुनै हात नभएको स्पष्ट पारे। 

उनले एमाले फुटिसकेपछि आठ महिना पहिल्यै आफूले आत्मआलोचना गरी एमालेमै फर्किन चाहे पनि अध्यक्ष ओलीले शंका गरेको भन्दै थपे, ‘मैले अध्यक्षलाई ८ महिना पहिला नै भनेको थिए, मलाई कमाण्डर बनाउनु भयो भने फेरी त्यस्तै हुन्छकि,धेरै समर्थक आए भने फेरी पार्टी फुटाइदिने होकि बामदेवले भनेर डर लाग्छ भने मसँगै अर्को कसैलाई निगरानी गर्न राखिदिनुहोस।’

गौतमले सँगै मञ्चमा आसिन ओलीलाई लक्षित गरेर एमालेमा फर्किन चाहनुमा कुनै स्वार्थ नभएको र आफूले एमालेको हित र पार्टीमा जिवन छउन्जेल क्रियासिल हुन चाहेको भन्दै थपे, ‘ त्यसै वामदेव गौतम भएको होइन, मलाई नमर्दासम्म प्रयोग गर्नुहोस न। के गर्नुहुन्छ हेर्दै जाउँ, नमर्दासम्म मैले काम गरिरहन पर्छ, मरेपछि हँसिया हथौडाको झण्डा ओड्न पाउनुपर्छ। मेरो चाहना यत्ति हो।’

उनले एमालेमा जान हतारो गर्दै भने, ‘मलाई सुनिदिनु भयो विचार मन्थन गर्नुहोला र कंम्रेड केपी ओलीलाई छिटो भन्दा छिटो एमालेमा ल्याउ भन्नुहोला।’ 

Recent Comments

No comments to show.