गोंगबुकाे एक होटलमा मृत भेटिइन् महिला, एक जना पक्राउ

गोंगबुकाे एक होटलमा मृत भेटिइन् महिला, एक जना पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गोंगबुस्थित एक होटलमा झुन्डिएको अवस्थामा महिलाको शव भेटिएको छ।

शुक्रबार मृत भेटिएकी ती युवती मोरङको लेटाङ नगरपालिका–२ घर भएकी ३१ वर्षीया कल्पना भण्डारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनी बाँसबारी बस्दै आएकी थिइन्।

उक्त शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो। प्रहरीका अनुसार भण्डारी चन्द्रागिरि नगरपालिका–१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन्। भण्डारीका पति वैदेशिक रोजगारीका लागि विदेशमा रहेको बुझिएको छ।

लामो समय ढोका नखोलेपछि कार्कीले होटलका अन्य व्यक्तिलाई बोलाएर ढोका फुटाई हेर्दा भणडारी झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। उनलाई शिक्षण अस्पताल महाराजगन्ज लगे पनि चिकित्सकले मृत घोषणा गरेका थिए। भण्डारीको परिवारलाई पनि तत्कालै खबर गरिएको थियो।

भण्डारीको परिवारले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएको छ। जसका आधारमा कार्की पक्राउ गरिएको छ।

भण्डारीको दायाँ आँखा सुन्निएको जस्तो देखिएको र अन्य भागमा पनि केही चोट रहेको प्रहरी स्रोतको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

Recent Comments

No comments to show.