डोजर आतंक बन्द गर्न ओलीको आग्रह

डोजर आतंक बन्द गर्न ओलीको आग्रह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाउन बन्द गर्न आग्रह गरेका छन्। उनले सुकुम्बासीहरुको व्यवस्थापनका लागि तीनै तहको सरकार उत्तरदायी हुनुपर्ने बताए।  

बिहीबार महिला सशक्तिकरण, सांस्कृतिक तथा व्यापार महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले भत्काउने नभइ बनाउने अभियान चलाउनुपर्ने बताए।

‘सुकुम्बासी बस्तीमा हामीले डोजर देखाएर आतंक फैलाइरहेका छौं। डोजर चलाउन बन्द गरेर उनीहरूको समस्या समाधान गर्न र व्यवस्थापन गर्नतिर लाग्न आवश्यक छ,’ उनले भने, ‘सुकुम्बासी कहिल्यै पनि विकासका बाधक हुन सक्दैनन्। उनीहरुलाई व्यवस्थापनका लागि लाग्न आवश्यक छ।’

जनताका समस्या समाधानका लागि कर्मचारीतन्त्र बाधक भइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले गरिबविरुद्ध डोजर चलाउन रोक्नुपर्ने बताए।

 ‘अहिले हामी सरकारमा आएका छौं। तर विभिन्न वहानामा कर्मचारीतन्त्र बाधक बनिरहेका छन्। जनताका समस्याप्रति जिम्मेवार बन्न आग्रह गर्न चाहन्छु। लोकतन्त्रमा जे पनि गर्न मिल्दैन। सुकुम्बासी समस्या व्यवस्थापन गर्नुपर्छ र समाधान गरेर जानुपर्छ,’ ओलीले भने।

आफू प्रधानमन्त्री हुँदा भोकमरीले कोही पनि मर्न नदिने कसमको खाएको उल्लेख गर्दै उनले सरकारले सबैभन्दा बढी जोड गरिबी निवारणमा दिएको र दिनुपर्ने औंल्याए।

देश र जनताले भोगिरहेका समस्याप्रति गम्भीर हुन म सबैलाई आग्रह गर्दै उनले सुकुम्बासीलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

Recent Comments

No comments to show.