अब इलामको विकासको जिम्मा सुहाङले लिन्छन्, सुहाङको जिम्मा म लिन्छु : अध्यक्ष ओली

अब इलामको विकासको जिम्मा सुहाङले लिन्छन्, सुहाङको जिम्मा म लिन्छु : अध्यक्ष ओली

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम।  एमाले अध्यक्ष केपी ओलीले  सुहाङ नेम्बाङले सांसदमा विजय हासिल गरेसँगै इलामले थप समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

उपनिर्वाचनमा इलाम–२ बाट सुहाङ निर्वाचित भएपछि इलाम चोकबजारमा आयोजित विजय सभालाई सम्बोधन गर्दै ओलीले युवालाई जिताएको सबैलाई धन्यवाद दिए।

‘तपाईंहरुले युवा नेता सुहाङलाई जिताएर पठाउनुभयो, यसका लागि इलामको जनतालाई धन्यवाद दिन चाहन्छु,’ ओलीले भने, ‘अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु।’

अध्यक्ष ओलीले देशलाई आर्थिकरुपमा समृद्ध बनाउने कार्ययोजना एमालेसँग मात्र भएको दाबी गरे। उनले अहिलेसम्मको सबै कामको नेतृत्व एमालेले नै गरेको बताए।

अध्यक्ष ओलीले सुवास नेम्बाङले थाले विकासको अभियानलाई पूर्णता दिनका लागि सुहाङ उपयुक्त पात्र रहेको बताए। सुवास जनताको लागि लड्ने योद्धा भएको स्मरण गर्दै उनका छोरा सुहाङ पनि योद्धा नै भएको उनको दाबी थियो।

‘सुवास त संविधानको निर्माता, एउटा सांसद, जनताका लागि लड्ने योद्ध हुनुहुन्थ्यो, योद्धाको छोरा पनि योद्धा नै हुन्छ,’ अध्यक्ष ओलीले भने।

ओलीले आफ्ना उम्मेद्वार जिताउन सहयोग गरेको जनाउँदै माओवादी केन्द्रलाई समेत धन्यवाद दिए।

कार्यक्रममा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङले इलामे जनताको लागि इमान र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाए।

Recent Comments

No comments to show.