चैत १९ गते बुधवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

चैत १९ गते बुधवार ,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौं । २०८१ वैशाख १९ गते | बुधवार १ मे २०२४। वैशाख कृष्णपक्ष अष्टमी तिथि। श्रवण नक्षत्र। चन्द्रराशि मकर।

आजको राशिफल

मेष : दिन राम्रो छ। आफ्नो योजना सफल हुनेछ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा उन्नति हुनेछ। लगानीको क्षेत्रमा सफलता प्राप्त हुनेछ। विदेशको लगानीबाट ठुलो फाइदा हुनेछ। बोलीमा नम्रता आवश्यक देखिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : समय राम्रो छ। बोलीमा सरस्वतीको बास भएकाले सबैको हितमा बोल्नु राम्रो हुन्छ। शिक्षामा सफलता प्राप्त हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। नयाँ योजनाको थालनी गर्ने दिन हो। परिवारको माया प्राप्त हुनेछ।

मिथुन : दैनिकी राम्रो छ। शेयरमा लगानी भए फाइदा हुनेछ। चिट्ठा पर्ने दिन हो। सामाजिक सेवा र राजनीतिमा विवाद हुने देखिन्छ। स्वास्थ्यमा ख्याल गर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : समय राम्रो छ। कमजोरीको मूल्यांकन गर्नु राम्रो हुन्छ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ। वैदेशिक लगानीबाट उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखिम देखिन्छ।

सिंह : समाजले झुटो आरोप लगाउने खतरा छ। आफन्तले असहयोग गर्ने भएकाले कुनै योजना भए सुरुमा नसुनाउनु राम्रो हुन्छ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। प्रेम सम्बन्धमा खटपटी हुने जोखिम छ।

कन्या : श्रम र लगानीको उचित मूल्यांकन हुनेछ। धेरै बोल्ने साथी कमजोर बन्नेछन्। शिक्षामा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारबाट खुशी मिल्नेछ।

तुला : अवसर धेरै भएकाले आम्दानी हुने क्षेत्रको सदुपयोग गर्नु राम्रो हुन्छ। शिक्षाको सदुपयोग गर्नु राम्रो हुन्छ। साथीसँग प्रतिवाद गर्नुपर्ने दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : शनिदेवको छाया रहेको छ। आलस्य बढ्नेछ। काममा खटपटी बढ्नेछ। राम्रो कामको गलत अर्थ लाग्नसक्छ। शनिदेवको शान्ति गर्न पिपलमा पानी चढाएमा परिवारमा मेलमिलाप हुनेछ। समाजमा प्रतिष्ठा बढ्नेछ।

धनु : लगानीका क्षेत्रमा सफलता मिल्नेछ। धेरै साथीभाइले तपाईंको कामको प्रशंसा गर्नेछन्। शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा गरेको लगानीले लाभ हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा तनाव हुने देखिन्छ। परिवार र प्रेम सम्बन्धमा खटपटी हुनेछ।

मकर : संयमित भएर व्यवहार गर्नु राम्रो हुन्छ। आफन्तले गलत भूमिका निर्वाह गर्नेछन्। शिक्षाको लगानीबाट उत्साह मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट प्रगति हुनेछ।

कुम्भ : समय सामान्य छ। अनावश्यक उदासिनता आइपर्ने छ। हनुमानको सम्झना गरेमा धेरै काम बन्नेछ। तपाईंका प्रतिस्पर्धी पराजित हुनेछन्। लगानीको क्षेत्रबाट प्रतिफल प्राप्त हुनेछ। राजनीतिक यात्रामा चोट पुग्ने देखिन्छ। परिवारको भने साथ र सहयोग मिल्नेछ।

मीन : आफ्नै साधनबाट चेटपटक लाग्नसक्छ। हतियार चलाउने भए सचेत हुनु राम्रो हुन्छ। यात्रा गर्दा विशेष ध्यान दिनु राम्रो हुन्छ। आफ्नै साथीले धोखा दिने देखिन्छ। न्यायपूर्वक गरेको श्रमबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Recent Comments

No comments to show.