झिनो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

झिनो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ०.०७ अंकले बढेर १९८०.३४ विन्दुमा पुगेको हो ।

यसदिन ३१७ कम्पनीको २ अर्ब ९५ करोड ९४ लाख ४५ हजार ५०१ रुपैयाँ बराबरको ७३ लाख ४१ हजार १७७ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये ९ समूहको बाहेक सबैको परिसूचक बढेको छ ।

आज पोखरा फाइनान्सको शेयर सर्वाधिक कारोबार भएको छ । यसको १७ करोड बढीको शेयर किनबेच भएको छ । बढ्दो बजारमा  तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।  पोखरा, जानकी र नेपाल फाइनान्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । 

Recent Comments

No comments to show.