न्यौपानेलाई ३ वर्ष कैद, २५ करोड ६९ लाख जरिवाना

न्यौपानेलाई ३ वर्ष कैद, २५ करोड ६९ लाख जरिवाना

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद सजाय तोकिएको छ।

विशेष अदालतका  अध्यक्ष टेकनारायण कुँवर, सदस्य रामबहादुर थापाको इजलासले आइतबार उनलाई सहुलियतपूर्वक ३ वर्ष कैद सजाय ठहर गरेको हो।

अदालतले न्यौपानेलाई १२ करोड ८४ लाख विगो र त्यसको दोब्बर हुन आउने २५ करोड ६९ लाख रुपैयाँ जरिवानाको सजाय तोकिएको छ। न्यौपानेको स्वास्थ्यस्थिती, आर्थिक एवं सामाजिक अवस्था, पारिवारिक अवस्था र कसुरको अवस्था हेरेर सजाय तोकिएको जनाएको छ।

Recent Comments

No comments to show.