न्याय सम्पादनमा मातृभाषाको प्रयोग गरौं : मन्त्री श्रेष्ठ

न्याय सम्पादनमा मातृभाषाको प्रयोग गरौं : मन्त्री श्रेष्ठ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटाैंडा । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग गर्न स्थानीय तहका न्यायिक समिति पदाधिकारीसँग आग्रह गरेका छन्।

बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज हेटौंडामा आयोजित स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको लागि अभिमुखीकरण कार्यक्रममा मन्त्री श्रेष्ठले भाषाको कारण बुझाइमा फरक पर्दा न्याय सम्पादनमा प्रभाब पर्ने भएकाले मातृभाषाको प्रयोग गर्न आग्रह गरेका हुन्।

बागमती प्रदेश तामाङ भाषाको बाहुल्य प्रदेश भएकाले प्रदेश सरकारले भाषिक कुरालाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले संघीयताको भावनाअनुसार मातृभाषाबाटै काम गर्न सकिए नागरिकले सहजता अनुभूति बताएका छन्।

न्याय निरुपण गर्दा राजनीतिक पूर्वाग्रह नराखे पनि राजनीतिक व्यवस्थाबाट आएका पालिका उपाध्यक्ष संयोजक भएकाले राजनीतिक धारणा बन्ने गरेको बताउनुहुँदै उनले न्याय निरुपणमा राजनीतिक छाँया आउन नदिन सजग हुनुपर्ने बताए।

Recent Comments

No comments to show.