‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ हात्तीलाई कतार पठाउन ढिलाइ हुने

‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ हात्तीलाई कतार पठाउन ढिलाइ हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले कतार सरकारलाई दुईवटा हात्ती उपहार दिने तयारी गरेको छ। सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा हुर्किएका खगेन्द्रप्रसाद (भाले) र रुद्रकली (पोथी) हात्तीलाई कतार पठाउन लागिएको हो।

गैंडालगायत विभिन्न प्रजातिका वन्यजन्तु तथा आखेटोपहार उपहार दिएको नेपालले कतारलाई पहिलोपटक हात्ती उपहार दिन लागेको हो। पठाउन लागिएका हात्ती जङ्गली हात्ती रोनाल्डोका क्रस हुन्। २०७६ माघमा पूर्वी चितवनको खगेन्द्रमली पोस्टमा खगेन्द्रप्रसाद जन्मिएको थियो।

संकटापन्न सूचीकृत वन्यजन्तुको आयात-निर्यातका लागि स्विट्जरल्यान्डमा रहेको साइटिस सचिवालयबाट अनुमति प्राप्त नभएकाले उपहार लैजाने प्रक्रिया लम्बिने भएको छ।

साइटिसको नियमअनुसार एसियाली हात्ती साइटिस महासन्धिमा सूचीकृत रहेकाले व्यावसायिक उद्देश्यले आयात-निर्यात गर्न पाइँदैन। यद्यपि उपहारका लागि भने पाइने व्यवस्था छ। उपहारका लागि कतै लैजानु परेमा अनुमति लिनुपर्न व्यवस्था छ।

साइटिसबाट अनुमति पाएसँगै जोडी हात्ती कतार पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ।

Recent Comments

No comments to show.