सूर्य ज्योति लाइफ १७ औं वर्षमा प्रवेश: अझै गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता

सूर्य ज्योति लाइफ १७ औं वर्षमा प्रवेश: अझै गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरि देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६औं वार्षिकोत्सव मनाएको छ ।

सूर्यज्योतिले जीवन बीमा कम्पनीहरुबीच पहिलो पटक मर्जरको अभ्यास गरेर इतिहास रचेको थियो । १५ वर्षको इतिहास बोकेको सूर्या लाइफ र छोटो अवधिमा उल्लेखनीय सेवा प्रदान गरि आफुलाई एक सबल कम्पनी ज्योति लाईफ मिलेर सूर्यज्योति बनेको हो । यी दुई कम्पनी एक आपसमा गाभिएर गत वर्षको पुस ७ गते संयूक्त कारोबार सूरु गरेको थियो ।

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धतन व्यक्त गरे । कम्पनीलाई १६ वर्षदेखि निरन्तर सफलता प्राप्त गर्न साथ दिनुहुने सम्पूर्ण शुभचिन्तक, ग्राहक, अभिकर्ता, कर्मचारी, सेयरधनी लगायत सबैलाई धन्यवाद व्यक्त गरे । यसका साथै संचालक समिति, नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरु लगायतमा कृतज्ञता व्यक्त गरेका हुन् ।

कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले कम्पनीप्रति विश्वास गरी जोडिनुहुने सम्पुर्ण सरोकारवालाहरुलाई धन्यवाद दिएका छन् ।

कम्पनीले नविनतम प्रविधिमैत्री तथा समय सापेक्ष उत्कृष्ट सेवा पस्कदै आएको छ । कम्पनीले सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिदै आएको छ।

नेपालको एकमात्र तथा पहिलो आइएसओ ढण्ण्ज्ञस्द्दण्ज्ञछ बाट सम्मानित सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको हाल चुक्ता पुँजी ४ खर्ब ५४ करोड रुपैयाँ छ ।

हाल कम्पनीको जीवन बीमाकोष ३,२०० करोड, कुल लगानी ३,७५० करोड र नेटवर्थ ७५६ करोड रुपैयाँ रहेको छ । कम्पनीले हाल १७८ शाखाहरु मार्फत सेवा प्रदान गर्दै २८ लाख बीमालेख जारी गरिसकेको छ । हाल कम्पनीसंग आवद्ध प्रशिक्षित अभिकर्ता संख्या ९६ हजार रहेको छ ।

कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० दशमलव २६ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि २४ दशलमव ७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Recent Comments

No comments to show.