कतारी राजा शीतलनिवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता

कतारी राजा शीतलनिवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानी बीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत समारोह सकिए लगत्तै थानी शितल निवास आएका हुन्। कतारका अमिर शेख थानीलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले स्वागत गरेका थिए।

भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम सल्लाहकार सहभागी छन् । साथै सो भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलको सहभागिता छ।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मंगलबार अपरान्ह काठमाडौं आइपुगेका हुन्।

कतारका अमिर थानी आजै साँझ राष्ट्रपति पौडेलले सोल्टी होटेलमा आयोजना गर्नुहुने रात्रिभोजमा सरिक हुनेछन्।

Recent Comments

No comments to show.