सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँ कारोबार भएको छ । सोमबार प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर १६ सय ६० रुपैयाँमा कारोबार भएको छ ।

Recent Comments

No comments to show.