श्रीनगर एग्रिटेक र प्रदेश कृषि सहकारी संघ बागमतीबीच सम्झौता

श्रीनगर एग्रिटेक र प्रदेश कृषि सहकारी संघ बागमतीबीच सम्झौता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लि. रुपन्देही र प्रदेश कृषि सहकारी संघ लि. बाग्मतीबीच साझेदारी कार्यक्रम संचालन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । बाग्मती प्रदेशमा रहेका कृषि सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई सेवा पुर्‍याउने उद्देश्यले सो सम्झौता भएको हो ।

यसै दिन अन्य ९ ओटा साना किसान कृषि सहकारी संस्था लि. बीच पनि साझेदारी कार्यक्रम संचालन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । जसमा साना किसान कृषि सहकारी संस्था लि. सलाङ, भुमेस्थान, मुरलीभञ्ज्याङ, प्रतिबिम्ब, पारिजात, श्रीकृष्ण, पाथिभरा, दुईपिपल र चैनपुर रहेका छन् ।

श्री नगरका प्रमुख सतीश चन्द श्रेष्ठले वाग्मती प्रदेश कृषि संग र यससंग आवद्ध साना किसान संस्थाका सदस्यहरूसँगको सम्झौता नयाँ मोडेलमा आधारित रहेको बताए । ‘श्रीनगरले गुणस्तरीय वस्तु र सेवा उपलब्ध गराउनेमा कुनै सम्झौता गर्ने छैन’ श्रेष्ठले बताए ।

श्री साना किसान कृषि केन्द्र मार्फत किसानलाई आवश्यक कृषि सामाग्री उपलब्ध गराएर उद्यमी बनाउनु नै श्रीनगरको उद्देश्य रहेको समेत उनले बताए ।

सम्झौतामा ग्रामीण कृषि सहयात्री छनौट गर्ने, श्री साना किसान कृषि केन्द्र स्थापना गर्ने, कृषकका लागि तालिम संचालन गर्ने, वित्तिय पहुँच तथा बजारिकरणमा मद्दत गर्ने जस्ता विषयमा श्री रविलाल आचार्यले जानकारी गराए ।

कार्यक्रमको संचालन श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लि. का दिनेश श्रेत्रीले गरेका थिए । प्रमुख अतिथिमा नेपाल कृषि केन्द्रीय सहकारी संघ लि. का अध्यक्ष खेम बहादुर पाठक एंव बागमती प्रदेश कृषि सहकारी संघ लि. का अध्यक्ष दिल्ली प्रसाद पाठकको अध्यक्षता मा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा श्रीनगर एग्रिटेकका प्रमुख सतीश चन्द श्रेष्ठ र प्रोजेक्ट म्यानेजर निर्णय भट्टको पनि उपस्थिति थियो । कार्यक्रममा यसको उद्देश्य र यसले पार्ने प्रभावका साथै प्रदेश संघ र साना किसान कृषि सहकारी संस्था लि. को भूमिका बारेमा जानकारी गराइएको छ ।

श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लि. विगत २२ वर्षदेखि कृषिक्षेत्र र किसानको एकिकृत सेवामा जुट्दै आएको छ । श्रीनगरले किसानलाई आवश्यक कुखुराको चल्ला उपलब्ध गराउनुका साथै माछा र कुखुराको पोषणयुक्त दाना समेत आवश्यकता अनुसार उत्पादन गर्दै आएको छ ।

साथै कम्पनीले कृषिमा साझेदारी कार्यक्रम अनुसार श्री साना किसान कृषि केन्द्र मार्फत कृषकलाई पोषणयुक्त दाना, कृषि प्रविधि, प्राविधिक तालिम तथा अन्य सेवाहरु पनि प्रदान गर्ने गर्छ ।

श्री नगरका प्रमुख सतीश चन्द श्रेष्ठले वाग्मती प्रदेश कृषि संग र यससंग आवद्ध साना किसान संस्थाका सदस्यहरूसँगको सम्झौता नयाँ मोडेलमा आधारित रहेको बताए ।

“श्रीनगरले गुणस्तरीय वस्तु र सेवा उपलब्ध गराउनेमा कुनै सम्झौता गर्ने छैन” श्रेष्ठ बताए । श्री साना किसान कृषि केन्द्र मार्फत किसानलाई आवश्यक कृषि सामाग्री उपलब्ध गराएर किसानलाई उद्यमी बनाउनु नै श्रीनगरको उद्देश्य रहेको समेत उनले बताए ।

Recent Comments

No comments to show.