कतारी राजाको स्वागत गर्न राष्ट्रपति पौडेल विमानस्थल जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कतारी अमिर (राजा) को स्वागतका लागि राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थल पुग्ने भएका छन्। 

कतारी अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार साँझ काठमाडौं आउँदैछन्। राष्ट्रपति पौडेलले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको छ। कतारी अमिरको भ्रमणको नेपाली पक्षबाट सबै तयारी पूरा भइसकेको जनाइएको छ।

अमिर शेखले राष्ट्रपति पौडेलसँग भेटवार्ता पनि गर्नेछन्। अमिरले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग भेटावार्ता गर्नेछन्। वार्तापछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने भएका छन्। 

अमिर शेख पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन्। राष्ट्रपति पौडेलले सम्मानस्वरुप राजकीय भोजको समेत आयोजना गर्ने भएका छन्। उनी बुधबार स्वदेश फर्किने कार्यक्रम छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।