ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला, भगवान बहाल क्षेत्रभित्र भने निषेध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । व्यवसायीले नयाँ वर्ष २०८१ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबीसै घण्टा खोल्ने घोषणा गरेका छन्।

बिहीवार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा सञ्चालन हुने घोषणा गरेका हुन्।

वैशाख १ गते साँझ ६ बजे गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा विशेष उद्घाटन कार्यक्रम आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानूनी परिधिमा रहेर चौबीसै घण्टा व्यवसाय सञ्चालन गराउने जनाएका छन्।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवीश्वर शर्माले दरबारमार्ग र ठमेल २४ सै घण्टा व्यवसाय सञ्चालन गर्दा आर्थिक रूपमा चलायमान र थप रोजगारी सिर्जना हुने बताए।

उनले अहिले ठमेलमा मात्रै ८ हजारभन्दा बढी व्यवसायमा ६० हजारले रोजगारी पाएको बताए। उनले पर्यटकले २४ सै घण्टा ठमेलमा घुम्न, बस्न, खान सक्ने अनुभूति गर्ने बताए।

स्थानीयको बसोवास भएकाले ठमेल भगवान बहाल क्षेत्रभित्र भने १० बजेदेखि ६ बजे मात्रै व्यवसाय चलाउन पाइने जनाए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।